३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एक गाउँ, एक बाली

टीकापुर — रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कृषितर्फको कार्यालयले दोस्रो चरणको कार्यक्रममा बालीको ‘ब्लक’ बनाएर खेतीमा जोड दिने र कृषि उत्पादनमा सहयोग गर्ने जनाएको छ ।

एक गाउँ, एक बाली

कुलो उपभोक्ता समितिका पदाधिकारीसितको छलफलमा कृषितर्फको कार्यालयले कम्तीमा २० देखि ३० हेक्टरमा एउटै बालीको खेती गर्न जोड दिएको हो ।


‘सकभर एक गाउँ, एक बाली होस्,’ कृषितर्फको कार्यालयका प्रमुख सुनीलकुमार सिंहले भने, ‘ठूलो क्षेत्रफलमा एउटै बालीको खेतीमा जोड दिएका छौं । यसबाट बजारीकरणमा पनि सजिलो हुन्छ ।’ किसानसितको परामर्श र सहकार्यमा विभिन्न बालीका ठाउँठाउँमा ब्लक बनाएर खेती विस्तार गर्ने जनाइएको छ । तरकारी खेतीको ब्लक कम्तीमा ३० बिघाको हुनेछ ।

प्रकाशित : भाद्र २५, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?