कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रंगियो दुर्गाथली

बझाङ — वीरसती मेलाको रौनकले गाउघर गुन्जिएको छ । जिल्लाको दक्षिण पश्चिमको छबीस पाथीभेरा र दुर्गाथली गाउँपालिकाको बिसौनामा लाग्ने यो मेला भर्न आउनेको घुइँचोले बाटामा पाइला राख्ने ठाउँ छैन ।

रंगियो दुर्गाथली

हरेक वर्ष भदौ १९ गतेबाट सुरु भएर ५ दिनसम्म चल्ने यो मेलाले सबैलाई एउटै थलोमा ल्याइदिएको छ ।

स्थानीयले पहिलो दिन मंगलबार भगवान महादेवको प्रिय बाजा डमरु बजाउँदै च्याकोटमा रहेको महालिंग मन्दिरमा पूजा गरेका थिए । दोस्रो दिन थली जिउलाथित दुर्गा भवानीको पूजा गरे । यी दुई दिन व्रत बसेर पूजा गरेमा इच्छित फल प्राप्त हुने विश्वास गरिन्छ । दुर्गा देवीको पूजासँगै महिलाले चाभाई खेले ।

टोली बिसौना चौर पुगेपछि रातभर देउडा, नाचगान र रमाइलो गरेर उत्सव मनाए । त्यसपछि विभिन्न प्रतियोगितात्मक खेलकुद र सांस्कृतिक कार्यक्रमको धुम मच्चिएको छ । परम्परागत वेशभूषामा सजिएका महिलाहरूले खेलेको चाभाई खेल मेलाको प्रमुख आकर्षण बनेको थियो ।

मेला भर्न विभिन्न ठाउँमा रहेका र विदेश गएका छबीसवासीहरू घर फर्केका छन् । छबीस पाथीभेरा गाउँपालिकाका लागि यो मेला वर्षभरिकै महत्त्वपूर्ण पर्वका रूपमा रहेको स्थानीय धनशेर बुढाले बताए । उनले भने, ‘वीरसती मेला दसैंभन्दा पनि बढी महत्त्वका साथ मनाउने गरिन्छ । यो मेलाको बेला यहाँका प्रायजसो मानिसहरू घर फर्केका छन् ।’

पछिल्लो समय मेला भर्न जिल्लाका अन्य ठाउँबाट समेत मानिसहरू आउने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल विकले बताए ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?