कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्टिल बारले यात्रुको सुरक्षा

मोहन शाही

डोटी — दुई वर्षअघि डा.केआईसिंह राजमार्गको कोरालखोला ओरालोमा सिलगढीका नवीन बोहरा दुर्घटनामा गम्भीर घाइते भए ।

स्टिल बारले यात्रुको सुरक्षा

धनगढीबाट सिलगढी आउने क्रममा मोटरसाइकल चिप्लँदा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा आफू बाँच्नुको कारण भने सडक छेउमा लगाइएको स्टिल बार भएको उनले बताए । ‘बाइक चिप्लिएर बायाँतर्फको भीरतिर सोझियो,’ दुर्घटनाको दिन सम्भँmदै उनी भन्छन्, ‘सडकछेउ लगाइएको स्टिल बारमा मोटरसाइकल ठोक्किँदा भीरमा खस्नबाट जोगिएँ, नत्र मेरो पत्नी र छोरासहित मेरो ज्यान जाने थियो ।’

पहाडी क्षेत्रमा स्टिल बारका कारण दुर्घटनाबाट ज्यान जोगिएका बोहरा मात्र एक्ला होइनन् । पछिल्लो समय सडकछेउमा लगाइएका स्टिल बारले दुर्घटना न्यून हँुदै गएको तथ्यांक जिल्ला प्रहरी कार्यालय डोटीसँग छ । कार्यालयका अनुसार जिल्लामा सवारी दुर्घटनामा परी ज्यान बचेका मध्ये ३५ प्रतिशतले स्टिल बारका कारणले जोगिएको बताएका छन् ।

पहाडी क्षेत्रमा अधिकांश दुर्घटना भीरमा खसेर हुने गरेका छन् । त्यस्ता दुर्घटना रोक्न पछिल्लो समय स्टिल बारले निकै सहयोगी भूमिका खेलेको छ । भीरतिर खस्नबाट बचाउने, अगाडि बढ्नलाई ध्यानाकर्षण गर्ने कार्यमा स्टिल बार सहयोगी भएको उग्रतारा यातायात व्यवसायी समिति दिपायल काउन्टरका प्रमुख कृष्ण भट्टले बताए ।

स्टिल बारले दुर्घटना हुनबाट सुरक्षा मात्र दिएको छैन । स्थानीय क्षेत्रको सौन्दर्य पनि बढाएको छ । हरिया डाँडा अनि पहाडका घुम्तीहरूमा लहरै सडकछेउमा मिलाएर गाडिएका स्टिल बारले सौन्दर्यमा छुट्टै आयाम थपिदिएको छ । र्‍यालिङझैं लाग्ने स्टिल बारमा उभिएर सडक र पहाडका डाँडाकाँडाहरूको रमणीय तस्बिर खिच्नेहरू थुप्रै भेटिन्छन् ।

सडक भिरालो भएको क्षेत्रमा गाडिएका बारले सडकको स्वरूपमा पनि बदलाव देखाएको छ । दिपायल सिलगढी नगरपालिकाको पुन्नामा दुई किलोमिटर लामो स्टिलबारले मन छुने सौन्दर्य थपेको स्थानीय विपिन भट्टले बताए ।

‘ओरालो, एक नजरमा देख्न सकिने तीनवटा लामा घुम्तीमा लगाइएको बारले बेग्लै सुन्दरता थपेको छ,’ उनले भने, ‘स्टिलबार सडकका घुम्तीहरू र टाढा रहेको दिपायल, राजपुर, तिखा, एयरपोर्टलगायत क्षेत्रको पृष्ठभूमि राखेर दर्जनौं व्यक्ति फोटो खिच्छन ।’

प्रकाशित : भाद्र २०, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?