कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

धनगढीका ३ आयल स्टोरमा सिल

अर्जुन शाह

धनगढी — इन्धन बिक्रिमा ठगि गर्ने गरेको आरोपमा धनगढीका ३ वटा पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । धनगढीका शिवशंकर, मल्ल र हरी आयल स्टोरमा सिल गरिएको हो । 

धनगढीका ३ आयल स्टोरमा सिल

सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा नाप तौल कार्यालय र आयल निगमको टोलीले गरेको बजार अनुगमनको क्रममा डिजेल पेट्रोलको बिक्रिमा मात्रा घटाएको पाइएकोले सिल गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । समितिले ६ वटा आयल विक्री केन्द्रको अनुगमन गरेको जनाएको छ ।


गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीका प्रमुख रोशन गौतमका अनुसार सिल गरिएका पेट्रोल पम्पलाई पहिलो पटक भएकाले नापतौल ऐन ०२५ अनुसार एक हजार जरिवाना तिरेपछि मात्र सुचारु गर्न पाउनेछन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?