२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धनगढीमा भ्युटावर बन्दै

अर्जुन शाह

धनगढी — जापानमा रहेका नेपालीको आईटी भेन्चर कम्पनीले धनगढीमा भ्युटावर निर्माणको तयारी सुरु गरेको छ । १ अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण गर्ने बताउदै न्युआईटी भेन्चरका प्रतिनिधी कमल अधिकारीले भने, ‘हामी सबै प्रक्रियाको अन्तिम चरणमा छौं ।’

धनगढीमा भ्युटावर बन्दै

अधिकारीका अनुसार सार्वजनिक, निजी र साझेदारीको अवधारणामा परियोजना सञ्चालन हुनेछ । अबको २ महिनाभित्र सेयर खुला गरिने उनले बताए ।

धनगढीमा भ्युटावरसहितको ‘मोडेल टाउन’ निर्माणका विषयमा आइतबार उप–महानगरपालिकाअन्तर्गतको स्मार्ट सिटी समन्वय समिति र न्यूआईटी भेन्चरका प्रतिनिधिबीच छलफल भएको छ । ‘धनगढीलाई स्मार्ट सिटी बनाउने योजनाअन्तर्गत मोडेल टाउन निर्माण गरिन लागेको हो,’ नगरप्रमुख नृपबहादुर वडले भने, ‘मोडेल टाउन निर्माण गर्न सके धनगढीमा आन्तरिक र बाह्य पयर्टकलाई आकर्षण बढ्नेछ ।’

भ्युटावर दुई बिघा क्षेत्रफलमा निर्माण गरिनेछ । यो टाउन ९ र ७ तले गरी ९ वटा भवनमा निर्माण गरिनेछ । ९ तले भवनको माथि धनगढी नगर हेर्न सकिने भ्युटावर निर्माण हुनेछ । । निर्माणस्थल छनोटको कार्य भइरहेको जनाइएको छ । अधिकारीले भनें, ‘विभिन्न ठाउँमा माटो परीक्षणको नमुना लिएका छौं केही दिनमै टुंगो लगाउँछौं ।’ पहिलो ९ तले भवनमा ब्रान्डेड सोरुम, होटल, फिटनेस सेन्टर र भ्युटावर हुनेछ भने दोस्रो ७ तले भवनमा परम्परागत प्रविधि, विज्ञान ल्याब, आवश्यकीय कार्यालय र सेमिनार हल निर्माण गरिने आईटी भेन्चरका प्रतिनिधि कमल अधिकारीले बताए ।

मोडेल टाउन निर्माणको कार्य २ वर्षभित्र सम्पन्न गरिसक्ने आईटी भेन्चरको योजना छ । धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरूप मोडेल टाउन निर्माण गरिन थालेको हो ।

प्रकाशित : असार ३२, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?