१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘प्रेस स्वतन्त्रतामा प्रतिबद्ध’

धनगढी — प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रादेशिक सञ्चार नीति निर्माण गर्दा प्रेस स्वतन्त्रताप्रति पूर्ण सम्मानसहितको नीति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘प्रेस स्वतन्त्रतामा प्रतिबद्ध’

पत्रकार महासंघले बिहीबार धनगढीमा आयोजना गरेको प्रादेशिक सञ्चार नीति र कानुन विषयक पत्रकारहरूसँगको अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले भने, ‘संवैधानिक मर्मप्रति पूर्ण प्रतिबद्ध रही सोही स्पिरिटमा प्रादेशिक सञ्चार नीति निर्माण गर्नेछौं ।’

देश संघीय संरचनामा गइसकेपछि स्थानीय तह, प्रादेशिक र संघीय सरकारले यसअघिको सञ्चार नीतिमा हेरफेर गरेर नयाँ निर्माण गर्नेछन् । प्रदेशस्तरीय उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रका विकृतिको बारेमा समेत चर्चा भएको थियो । मुख्यमन्त्री भट्टले प्रेस जगत् आग्रही र धमिलो भए सबै क्षेत्र गोलमाल हुने औंल्याए । ‘प्रदेश सरकार मर्यादित तथा स्वतन्त्र प्रेसको पक्षमा छ,’ उनले भने ‘नकारात्मक मात्र नभई प्रेसले उठान गर्ने सवालहरू रचनात्मक हुनु जरुरी छ ।’

पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले प्रादेशिक कानुन निर्माणका क्रममा प्रदेश सरकारले पत्रकारहरूसँग सहकार्य गरेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रेसजगत् सत्तापक्षको स्थानीय प्रतिपक्ष भएकाले पत्रकारिता क्षेत्रभित्रका कमीकमजोरीहरू हामी सुधार्छौं, सरकार पनि जिम्मेवार हुनुपर्छ ।’

प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले यस प्रदेशले निर्माण गर्ने प्रादेशिक सञ्चार नीतिमा कांग्रेसले प्रेसमैत्री कानुन निर्माण गर्न सघाउने बताए । ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रही कानुन निर्माणमा भूमिका निर्वाह गर्छौं’ रावलले भने, ‘धेरै सन्दर्भहरूमा सत्ता र विपक्षी नभनी सहकार्य गरिरहेका छौं ।’

प्रकाशित : असार २२, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?