कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कारबाही माग गर्दै टीकापुर बजार बन्द

गणेश चौधरी

टीकापुर — टीकापुरमा बिहीबार राती भएको युवकको हत्यामा संलग्नलाई कारबाही माग गर्दै शनिबार टीकापुर बजार बन्द गरिएको छ ।  

होली खेलिरहेका बेला २२ वर्षीय कर्ण थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनाको छानबिन र संलग्नलाई कारवाही माग गर्दै बजार बन्द गरिएको हो ।


मृतकका आफन्तले इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका छन् । घटनामा संलग्न रहेको आशंकामा १४ जनालाई नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन १९, २०७४ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?