१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुख्यमन्त्री भट्टको शनिबार सपथ 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश ७ को मुख्यमन्त्रीमा निर्वाचित प्रदेशसभा सदस्य त्रिलोचन भट्ट शनिबार शपथ लिँदै छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अबका दिनमा यो प्रदेशका कुनै पनि नागरिकले भारतमा गएर चौकीदारी गर्नुपर्ने छैन ।’

‘उमेर पुग्नेबित्तिकै रोजगारीका लागि भारत जाने प्रथा’ को अन्त्य गर्ने उनको संकल्प रहेको छ । किशोर अवस्थामै रोजगारीका लागि भारत पलायन भएका मुख्यमन्त्रीले त्यहाँ लामो समय चौकीदारी पेसा अँगालेका थिए । २०४७ सालमा भट्टले चौकीदारको नोकरीमा छँदै अखिल नेपाल–भारत एकता समाजको सदस्यता लिई राजनीतिक यात्रा प्रारम्भ गरेका थिए ।



प्रकाशित : फाल्गुन ४, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?