कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते 

श्रावण २७, २०८१
ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते 

कालीकोट — खाडाचक्र नगरपालिका-३ ताडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार विहान १० बजे तिला कर्णाली क्याम्पसबाट काठ बोकेर ओरालो ताडी बजार झर्ने क्रममा आधारभूत स्वास्थ्य इकाइबाट चिप्लिएर कर्णाली प्रदेश ००१ त ०४७८ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाकाअनुसार ट्र्याक्टर दुर्घटनामा खाडाचक्र नगरपालिका-३ घर भएका २५ वर्षीय चालक गणेश पाण्डे र सान्नी त्रिवेणी गाउँपालिका-५ का १५ वर्षीय अपिल विश्वकर्मा घाइते भएका छन् ।

विश्वकर्मालाई बढी चोट लागेको छ । उनको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ भने चालकको हातको औला भाँचिएको छ ।ओरालोमा ब्रेक नलागेपछि ट्र्याक्टर स्वास्थ्य चौकीबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी विट ताडीका वरिष्ठ हवलदार बलवहादुर भण्डारीले बताए ।

स्थानीय धनकृष्ण पाण्डेकाअनुसार ट्र्याक्टर स्वास्थ्य चौकीको ओरालोमा ब्रेक नलागेपछि बारीतिर हुत्तिएको थियो । चालक र सहचालक दुवैले हाम फाल्ने क्रममा घाइते भएको उनले सुनाए ।

प्रकाशित : श्रावण २७, २०८१ १४:४५
×