कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

हुम्लामा पहिरोसहितको बाढीमा परी ५० भेडा मरे, १५ लाखको क्षति

श्रावण २५, २०८१

हुम्ला — हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा गएको बाढीपहिरामा परी ५० वटा भेडा मरेका छन् । 

बुधबार दिउँसो अविरल वर्षासँगै गएको बाढीपहिराले राया गाउँका दुई किसानका ५० वटा भेडा मरेका हुन् । यहाँ वर्खायाममा चरिचरनका लागि उच्च लेकका भेडीखर्कमा लिने चलन छ । यसपटक पनि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेकमा लिएका भेडा पहिरोमा परी मरेका पीडित सुरेन्द्र बोहराले जानकारी दिए ।

वनमा चरिचरनका लागि लिएका समयमा बुधबार दिउँसोको समयमा एक्कासी सुक्खा खोलामा आएको पहिरोसहितको बाढीले स्थानीय धुन बोहराका २५ र आफ्ना २५ भेडा मरेका उनले बताए । 'लामो समयदेखि भेडा यही व्यवसाय गर्दै आएको थिए । घर खर्चका साथै छोराछोरी पढाउन पुगेकै थियो तर पहिरामा परी भेडा मरेपछि आम्दानीको स्रोत नै गुमेको छ,' बोहराले भने ।

हुम्लामा स्थानीय जातका प्रति भेडाको मूल्य ३० हजार रुपैयाँ पर्ने गरेको छ । २५ वटा भेडा बाढीपहिरामा परी मरेपछि सात लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पीडित धुन बोहराले बताए । उनले भने, 'दिउँसो चरिचरनका लागि जंगलमा लिएका बेला सुख्खा खोलामा एक्कासी आएको बाढी तथा पहिराले ठूलो नोक्सानी गर्‍यो । हाम्रा लागि भेडा नै आयआर्जनका स्रोत थिए । सबै सखाप भए', उनले दुःखेसो पोखे ।

प्रकाशित : श्रावण २५, २०८१ २०:०३
x
×