कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध  

श्रावण २३, २०८१
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध  

कालिकोट — मंगलबार रातिदेखिको वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र एस मोडमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।  

राजमार्गको पहिरो हटाउन डोजर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएको छ । उनले भने, 'सधैं झरिरहेने गगने खोला र एस मोडमा फेरि पहिरो गएर सडक अवरुद्ध छ ।' उनले कालीकोटको हुल्ममा राखिएको जेसीभी पठाएर पहिरो हटाएपछि दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना रहेको जानकारी दिए ।

वर्षा सुरु भएयता गगने खोलो र एस मोडमा मात्र ९ पटक पहिरो झरेको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालयले २ करोड रुपैयाँ बढीको लागतमा गत वर्ष मात्र पहिरो रोकथामको लागि ग्याबिन पर्खाल लगाइएको भएपनि माथिबाट निरन्तर पहिरो झरिरहेकाले टिकेको छैन ।

वर्षाले कर्णाली राजमार्गको कालीकोट जुम्ला खण्डको ठाउँठाउँमा ढुंगा खसेको भएपनि यातायात ब्यवसायीले आफैं पन्छाएर सडक खुलाएको जुम्लाबाट सुर्खेत जान लागेका व्यवसायी कृष्ण खत्रीले बताए । १०/१२ ठाउँमा त आफैंले साबेलले ढुंगा पन्छाएर कालीकोट पुगियो,' उनले भने

त्यस्तै कर्णाली करिडोरको रेंगिल, भात्तडी, भुराबगर लगायतका ठाउँमा पनि पहिरो झरेको स्थानीय नवराज शाहीले बताए । उनका अनुसार करिडोरको फुगाड खोलाको नेपाली सेनाले बनाएको बेलिब्रिज (फलामे पुल) दुई वर्षअघिको बाढीले बगाएपछि ठूलो पानी परेको दिन खोला तर्न कठिन हुन्छ । 'गाडीभन्दा पनि मानिस वारपार गर्न पनि पुल छैन,' उनको गुनासो छ,'खोलामा जोखिमपूण यात्रा गर्नुपर्छ ।'

प्रकाशित : श्रावण २३, २०८१ ०९:४९
x
×