सल्यान — जनता कालिका आधारभूत विद्यालयमा पढ्न जाने क्रममा सोमबार बिहानदेखि हराएका सल्यानका दाजुबहिनी २४ घन्टापछि भेटिएका छन् ।
जिल्लाको सिद्धुकुमाख गाउँपालिका–४ का ९ वर्षीय प्रेम चलाउने र ७ वर्षीया रितु चलाउने मंगलबार शारदा नगरपालिका-६ घट्टेखोलानजिकै सडकमा हिँडिरहेको अवस्थामा भेटिएका हुन् ।
हराएका दाजुबहिनीको खोज तलास गर्दै जाँदा प्रहरीले फेला पारेको र बाबुआमाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।