कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

जाजरकोटमा जिप दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था गम्भीर

श्रावण २२, २०८१
जाजरकोटमा जिप दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था गम्भीर

वीरेन्द्रनगर — जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

सदरमुकाम खलंगादेखि नेटाबजार जाँदै गरेको जिप भेरी नगरपालिका-६ भेरेमा दुर्घटनामा भएको जाजरकोट प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना यात्रु घाइते भएको जाजरकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । उनका अनुसार घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : श्रावण २२, २०८१ १६:१३
x
×