कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

पहिरोका कारण ७ घर विस्थापित

श्रावण २०, २०८१
पहिरोका कारण ७ घर विस्थापित

रुकुम पश्चिम — गएरातिको वर्षाका कारण पहिरो जाँदा आठविसकोट नगरपालिका-११ डाँडागाउँस्थित फारुलाका ७ घर भुकम्पपीडित परिवार टहराबाट पनि विस्थापित भएका छन् ।

गाउँमाथि रहेको सल्लेरी पाखाबाट झरेको पहिरोका कारण उनीहरुका अस्थायी टहरामा पुर्ण क्षति पुगेको हो । गत कार्तिक १७ गतेको भुकम्पका कारण चिरा परेको जमिनमा नै पहिरो आएको स्थानीय सुखद् घर्ती मगरले जानकरी दिए ।

पहिरोका कारण घरसंगै अन्नपात समेत पुरिएको र बर्खे बालीमा समेत क्षति पुगेको उनको भनाइ छ । विस्थापित घरपरिवारलाई त्रिपाल र तत्कालका लागि रासनको व्यवस्था गरेको नगर प्रमुख रवी केसीले बताए ।

‘क्षतिको लेखाजोखा गर्दैछौं । पीडितहरुलाई वडा कार्यालय मार्फत सुरक्षित ठाउँमा स्थानान्तरण तथा तत्काल आवश्यक सामग्रीहरु प्रदान गरिएको छ,' उनले भने ।

प्रकाशित : श्रावण २०, २०८१ १६:२६
x
×