कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मदिरा सेवन गरी सार्वजनिक सवारीसाधनमा क्षति पुर्‍याउने ४ जना पक्राउ

सल्यान — मादक पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधनमा क्षति पुर्‍याउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाग्चौर नगरपालिका-७ कोटबाराका २९ वर्षीय टिकाराम वली, ३२ वर्षीय झक्कुप्रसाद वली, वर्ष २२ का भुमप्रसाद वली र वर्ष १८ का भुपेन्द्र वलीलाई  पक्राउ गरेको हो । 

मदिरा सेवन गरी सार्वजनिक सवारीसाधनमा क्षति पुर्‍याउने ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार तुलसीपुरबाट सल्यानको बाफुखोला जाँदै गरेको रा १ ख २५४१ नम्बरको यात्रुवाहक बस बाग्चौर नगरपालिका-७ चौपारी पुग्दा मदिरा सेवन गरेका चार युवाले गाडी चालक रुपेस बुढाथोकी, सहचालक प्रविण डाँगी र गाडी धनी जनार्दन केसीलाई गाली गलौज गरी हातपातका साथै गाडीमा तोडफोड गरेका थिए ।

पीडितले प्रहरीमा टेलिफोन मार्फत दिएको उजुरीको आधारमा खोजतलास गर्दै जाँदा चौपारी भन्नै स्थानबाटै प्रहरीले टीकाराम, झक्कुप्रसाद, भूमप्रसाद र भूपेन्द्रलाई पक्राउ गरेको सुचना अधिकारी तथा प्रनि धमलाले जानकारी गराए ।

पक्राउमा परेका चारैजनालाई आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेर जिल्ला अदालत सल्यानबाट ६ दिनको म्याद थप भइ जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : असार १, २०८१ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×