कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

एघार महिनामा रारा पुगे १३ हजार पर्यटक 

मुगु — जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

एघार महिनामा रारा पुगे १३ हजार पर्यटक 

निकुञ्ज कार्यालयका सूचना अधिकारी तथा रेन्जर जयहरि धितालका अनुसार गत साउनदेखि जेठ अन्तिमसम्म विदेशी २ सय १० जना सार्क मुलुकका ५३ जना र नेपाली आन्तरिक पर्यटक १२ हजार ७ सय ६३ जना गरी कुल १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेका छन् । गत वर्ष रारा घुम्ने पर्यटकको संख्या करिब ११ हजार रहेको र यो वर्ष वृद्धि भएर १३ पुगेको निकुञ्जले जनाएको छ ।

सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको छ । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन् ।

रारा आउने पर्यटक घोडा चढेर मुर्माटपसम्म पुगेर फर्किने गरेका छन् । रारामा आएका पर्यटक घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, राराका असला माछा अवलोकन गर्ने गरेको निकुञ्जका सूचना अधिकारी धितालले बताए ।

गत साउनदेखि जेठसम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ३६ लाख ८६ हजार ७ सय ३३ रुपैयाँ राजस्व उठाउन सफल भएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×