२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

खार्पुनाथमा मनोसामाजिक परामर्शसम्बन्धी दुई दिने गोष्ठी

हुम्ला — मनोसामाजिक परामर्शसम्बन्धी दुई दिने गोष्ठी खार्पुनाथमा सुरु भएको छ । खार्पुनाथ गाउँपालिकाको आयोजना र सामाजिक अगुवा मधु बस्नेत शाहीको पहलमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूका लागि बुधबारबाट गोष्ठी सुरु भएको हो ।

खार्पुनाथमा मनोसामाजिक परामर्शसम्बन्धी दुई दिने गोष्ठी

मनोविश्लेषक बासु आचार्यले प्रशिक्षण दिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कणर्बहादुर रावल, ५ वटै वडाका अध्यक्ष, गाउँकार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, कर्मचारी, सवै विद्यालयका प्रधानाध्यापकसहित ६० जना सहभागी रहेको गाउँपालिकाका प्रवक्ता भरतजंग शाहीले बताए ।

कार्यक्रममा मनोविज्ञानको बारे सूक्ष्म रुपमा बुझ्न अति आवश्यक रहेको र मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण गर्दै यसको अवस्था, बाल्यावस्था, यौन तथा किशोरावस्था, बालबालिकासँग गरिने बोलीचाली र खुला तथा बन्द प्रश्न, संवेग चार्ट, परिवारको किसिम, तनाव के हो ? तनाबको प्रकार, तनाबको अवस्था सकारात्मक र नकारात्मक व्यवहारजस्ता विषयमा मनोविश्लेषक आचार्यले प्रशिक्षण गरेका थिए ।


गोष्ठीमा मन, समाज भनेको के हो यसबाट उत्पन्न हुने समस्याले समाजमा कस्तो असर पुग्दछ । मनोसामाजिक समस्या कसरी पत्ता लगाउने, मनोसामाजिक समस्याका कारण लक्षण र यसको असरहरु मनोसामाजिक समस्याका ४ पक्ष शरीर, मन, व्यवहार र सम्बन्धमा देखिने मानसिक समस्या र समाधानलगायत विषयमा प्रशिक्षण दिइएको छ ।

मनोवैज्ञानिक तरिकाले मानव मनलाई चेतन, पूर्वचेतन र अचेतनका विषयमा मनोविश्लेषक आचार्यले विकासात्मक अवस्था सहजीकरण गरेका थिए । गोष्ठी बिहीबारसम्म खार्पुनाथ गाउँपालिका केन्द्र याङचु बजारमा संचालन हुने छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?