२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

यार्चा संकलन गर्न गएकी एक युवतीको मृत्यु 

महेश केसी

रूकुम पश्चिम — यार्चागुम्बु संकलनका लागि डोल्पा पुगेकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका-४ गोतामकोट विष्ट गाउँकी २२ वर्षीया जमुना विष्टको लेक लागेर बिरामी भएपछि ज्यान गएको हो । 

यार्चा संकलन गर्न गएकी एक युवतीको मृत्यु 

सोमबार डोल्पाको काइके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला उनको मृत्यु भएको वडा अध्यक्ष नरसिंह विष्टले जानकारी दिए । यार्चागुम्बु टिप्न डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला लेक लागेर बिरामी भएपछि साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गर्दा बाटोमै जमुनाको मृत्यु भएको अध्यक्ष विष्टको भनाइ छ ।

मृतक जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि गोतामकोट ल्याइने तयारी भइरहेको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x