२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

रुकुमपूर्वमा दुईजना फरार अभियुक्त पक्राउ

महेश केसी

रुकुमपूर्व — रुकुमकोट जिल्ला अदालत (पूर्वीभाग)बाट कैद तथा जरिवानाको सजाय तोकिएका फरार दुई जना अभियुक्त पक्राउ परेका छन् ।

फरार अभियुक्तहरु भुमे गाउँपालिका ८ का २४ वर्षीय मोहन विक र भुमे गाउँपालिका–४ का १९ वर्षीय नविन विकलाई सिस्ने गाउँपालिका ५ रुकुमकोटबाट गत चैत २० गते प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोहनलाई सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना ४ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तथा नवीनलाई चोरी मुद्दामा २ महिना ९ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

‘दुई जनालाई पक्राउ गरेर कैद तथा भुक्तानीका लागि कानुनबमोजिम प्रहरी नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालतमा दाखिला गरियो,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई अदालतको आदेशबमोजिम कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय रुकुम पश्चिम चलान गरिएको छ ।


प्रकाशित : वैशाख २, २०८१ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?