२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

सल्यानमा बस दुर्घटना, तीन घाईते

सल्यान — सल्यानमा आईतबार बिहान नौ बजे बस दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । कुमाख गाउँपालिका-३ गुर्दासेबाट श्रीनगर आउँदै गरेको ना ६ ख ५३१३ नम्बरको बस गुर्दासे नजिकै सडकमै दुर्घटना हुँदा तीन जना घाईते भएका हुन् ।

सल्यानमा बस दुर्घटना, तीन घाईते

दुर्घटनामा घाईते हुनेमा गुर्दासे निसीका २५ वर्षिय हस्त राना, १८ वर्षकी यमुना सिंह र ७३ वर्षकी भूमि सिंह रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ नविन कार्कीले बताए । घाईते भएका सबैलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याईएको उनले जानकारी गराए ।

उनका अनुसार घाईतेको अवस्था सामान्य छ । सडक साँगुरो भएकाले अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । बसमा नौ जना सवार थिए ।

सल्यानको कुमाख गाउँपालिका-३ गुर्दासेमा दुर्घटनामा परेको यात्रुबाहक बस । तस्बिर : कान्तिपुर

प्रकाशित : वैशाख २, २०८१ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?