१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

विश्वासको मत लिएरमात्रै राजीनामा दिन्छु : मुख्यमन्त्री शर्मा 

ज्योति कटुवाल

सुर्खेत — कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पहिला विश्वासको मत लिएर मात्रै राजीनामा दिने बताएका छन् । सत्ता गठबन्धनमा कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्रले छोड्ने सहमति भएर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नै निर्देशन दिइसकेको भएपनि मुख्यमन्त्री शर्माले पदबाट राजीनामा दिन अटेरी गरिरहेका छन् ।

विश्वासको मत लिएरमात्रै राजीनामा दिन्छु : मुख्यमन्त्री शर्मा 

उनले मंगलबार प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर गठबन्धनमा तालमेल नमिलेपछि बैठक स्थगित भयो ।

मुख्यमन्त्री शर्माले भने आफूले विश्वासको मत पाएर मात्रै पदबाट राजीनामा दिने शर्त अघि सारेका छन् । ‘आज बसेको संसदीय दलको बैठकको निणर्य हामी अनुकुल भएको छ,' मुख्यमन्त्री शर्माले कान्तिपुरसँगको कुराकानीमा भने, 'पहिले विश्वासको मत लिने हो । त्यसपछि अरु कुरा सोचौँला ।'

उनले राजीनामालाई शृजनाशिलतामा लागू गर्ने जनाए । 'अहिले धेरै कुरा भन्न मिल्दैन । शृजनशिलताका आधारमा राजीनामालाई लागू गर्ने तयारीमा छौं,' उनले भने, ‘यसको अर्थ पहिले विश्वासको मत लिने र त्यसपछि केन्द्रमा भएको सहमतिलाई कार्यान्वयन गर्ने हुन्छ ।’

प्रकाशित : चैत्र २०, २०८० १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?