२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पूर्वराष्ट्रपति भण्डारी सुर्खेतमा

ज्योति कटुवाल

सुर्खेत — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छिन् । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुन लागेको पहिलो कर्णाली महिला सम्मेलन उद्घाटन गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारी सुर्खेतमा

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कर्णाली ७९ वटै पालिकाका प्रमुख, उपप्रमुख, महिला नेत्री र आमा समूहलगायत समाजका अगुवा महिलाहरुको सहभागिता गराउने भन्दै वीरेन्द्रनगर नगरको आयोजनामा सोमबार सिटी हलमा कार्याक्रम हुने भएको छ ।

सम्मेलनमा नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेका महिला जनप्रतिनिधिहरुको अनुभव आदानप्रदान गरिने छ । आयोजक समितिका अनुसार सम्मेलनबाटै घोषणापत्र तय गरिने बताइएको छ ।

प्रकाशित : फाल्गुन २०, २०८० १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?