कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर जलाउँदा सल्केको आगोले घर जलेर नष्ट

विप्लव महर्जन

सल्यान — सल्यानको छत्रेश्वरी गाउँपालिका–५ सेतामारेमा आगलागी हुँदा स्थानीय ५२ वर्षीय काशीराम ओलीको घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान १० बजेतिर फोहोर जलाउँदा सल्केको आगोले ओलीको दुईतले खरको छानो भएको घर जलेर नष्ट भएको हो । 

फोहोर जलाउँदा सल्केको आगोले घर जलेर नष्ट

आगलागी हुँदा उनको घरमा भएका लत्ताकपडा, खाद्यान्न, भाडाकुडालगायत अन्य गरी २ लाख २५ हजारको क्षति भएको वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । अहिले प्रहरी पुगेर मुचुल्का उठाइरहेको उनले जानकारी गराए ।

उनका अनुसार सात जनाको परिवार भए पनि छोराहरू कमाइ गर्न भारतका विभिन्न स्थानमा गएकाले ओली घरमा एक्लै थिए । घर जलेर नष्ट भएपछि अहिले उनी घरबारविहीन भएका छन् ।

घरमा आफू एक्लै भएको र हुरी-बतास चलेकाले छाने घरमा लागेको आगो निभाउन नसकेको ओलीले बताए । जिउमा लगाएको कपडा बाहेर घरमा केही पनि नरहेको उनको भनाइ छ ।


प्रकाशित : फाल्गुन १८, २०८० १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?