कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

राराबासी विद्युतको पहुँच बाहिर 

राजबहादुर शाही

मुगु — पर्यटकीय गन्तव्य राराको नजिकै पर्ने मुर्मा गाउँका स्थानीय विद्युतको पहुँच बाहिर छन् । स्वर्गको अप्सरा राराको धर्तीमा पुर्ख्यौलीदेखि बसोबास गर्दै आएका मुर्मा गाउँका ८५ परिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् । रारा घुम्न आउने पर्यटक मुर्मा गाउँ पुग्ने र त्यहाँको अवस्था देखेर चकित पर्ने गरेका छन् ।

राराबासी विद्युतको पहुँच बाहिर 

सदरमुकाम गमगढी बजार लगायत वरपरका बस्तीहरु बत्तीले झिलिमिली देखिने गरेको भएपनि रारा मुर्मा गाउँ भने पहिले देखि अहिलेसम्म अन्धकार भित्र छ । करिव ४ सय किलोवाट विद्युत क्षमता रहेको गमगाढ साना जलविद्युत आयोजनाबाट अहिलेसम्म रारा मुर्मा गाउँमा लाइन बिस्तार नगर्दा स्थानीय चिन्तित छन् ।

अर्कोतर्फ जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत प्रशारणलाई लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत प्रतिक्षा गर्दै दिन बित्न थालेको छ । 'गाउँमा बत्ती छैन, हुनेका घरमा सोलार बत्ती जोडिएका छन् नहुनेले अहिले पनि सल्लोको दियालो बालेर गर्जो टारेका छन्,' रारा मुर्मा गाउँका जनकपुरा रोकायाले दुखेसो पोख्दै भनिन्, 'सरकारले हामीलाई बत्तीको सुबिधा दिदैन ।'

मुर्मा गाउँका स्थानीयले गमगाढ जलविद्युत छायाँनाथ रारा नगरपालिका र रारा राष्ट्रिय निकुञ्ज समक्ष विद्युत उत्पादनको लागि बारम्बार आग्रह गर्दै आएका छन् । पर्यटकीय गाउँ भनेर सबै हेर्न यहाँ आउँछ मुर्मा गाउँका धने रोकायाले भने हाम्रो बसोबास अँध्यारोमा छन् । 'निकुञ्जले गर्दा सल्लोको दियालो पनि पाउन मुश्किल छ,' उनले भने, 'गरिबीले गर्दा सौर्यपाता किन्ने क्षमता छैन ।'

गत वर्ष मंसिर निजी भ्रमणको सिलसिलामा अमेरिकन बेलायत र अष्ट्रेलियन राजदुत मुर्मा गाउँमा पुग्दा स्थानीयले विद्युत बिद्यालय र स्वास्थ्यको समास्या दर्साएका थिए । चार वर्ष अघि गमगाढ साना जलविद्युत आयोजनाबाट रारा मुर्मा गाउँमा विद्युत लैजान लाइन बिस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले गर्दा काम अलपत्र परेको छ ।

ताल्च, पिना, झयारी, लामाचौर, माथितुम गाउँसम्म विद्युतको पहुाच पुगेको भएपनि मुर्मा गाउँमा नपुग्दा स्थानीय निराश छन् । निकुञ्जले गर्दा मुर्मा गाउँमा सडक बिस्तारमा बाधा भएको छ । गाउँमा सडक नपुग्दा स्थानीय दुई घण्टा हिडेर गमगढी पुग्ने र फेरि दुई घण्टा उकालो चढेर घर पुग्ने गरेका छन् । यो आर्थिक बर्षमै रारा मुर्मा गाउँमा विद्युत पुर्‍याउन लक्ष्य रहेको गमगाढ जलविद्युत आयोजना प्रमुख साजनबहादुर ऐडीले बताए । ठेक्का मार्फत काम सुरु भइरहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?