१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मध्यपश्चिम विश्वविद्यालको केन्द्रीय क्याम्पसमा तालाबन्दी

ज्योति कटुवाल

सुर्खेत — मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा  आंशिक  उपप्राध्यापकले तालाबन्दी गरेका छन् । शुक्रबार आंशिक उपप्राध्यापकलाई अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालको केन्द्रीय क्याम्पसमा तालाबन्दी

आन्दोलनरत आंशिक उपप्राध्यापक श्याम थापाले केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरिएको बताए ।

विगत १० वर्ष यता विद्यालयमा अध्यापन गराउँदै हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेरका छौं, थापाले भने, हाम्रा मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्नेछौं ।'

विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक उपप्राध्यापक रहेका छन् । उनीहरुलाई अविलम्ब करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्द गरेर आन्दोलनमा उत्रिएको उनको भनाई छ । उपप्राध्यापकले आफनो समस्यालाई सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला पक्षहरुलाई अनुरोध समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयबाट बाहिरिदै गर्दा फागनु १५ गते आफ्ना नजिकका उपप्राध्यापकलाई नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु हचुवाको भरमा गरेको आंशिक प्राध्यापकको आरोप छ । यस्तै उनीहरुले आफ्ना मागहरु पुरा नभएसम्म विभिन्न चरणका आन्दोलन गर्ने बताएका छन् ।

प्रकाशित : फाल्गुन १८, २०८० १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?