कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सल्यानमा जीप दुर्घटना, चालकको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानको छत्रेस्वरी गाउँपालिका-१ मैनेनी स्थित भित्री सडकखण्डमा दमाचौरबाट सुन्तला लिएर मोख्ला तिर जाँदै गरेको ग ३ च ३३१२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तनहुँ आँबुखैरेनीका ३५ अर्जुन बिकको मृत्यु भएको छ । बिकले चलाएको सुन्ताल बोकेको उक्त जीप सोमबार अपरान्ह करिब ५ बजे दुर्घटना भएको हो ।

सल्यानमा जीप दुर्घटना, चालकको मृत्यु

दुर्घटनामा परेर गम्भिर घाईते भएका विकको उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र सल्यान अस्पतालका डाक्टरले मृत घोषणा गरिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए ।

ओभर लोडका कारण सुन्तला बोकेको जीप उकालो चढन नसकी ब्याक हुँदा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको धमलाले जानकारी गराए । मृतकको शव अहिले जिल्ला अस्पताल सल्यानमै राखिएको छ ।

प्रकाशित : फाल्गुन ७, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?