१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

बारेकोट गाउँपालिका नजिकै टिपर दुर्घटना

हरिहरसिंह राठौर

काठमाडौँ — रुकुम पश्चिमको आठविसकोट नगरपालिकाबाट गिट्टी ल्याउँदै गरेको टिपर दुर्घटना भएको छ । बारेकोटघाट बजारमा निर्माणाधीन पुलका लागि गिट्टी ल्याउँदै गर्दा सोमबार साँझ करिब साढे ७ बजे टिपर दुर्घटना भएको थियो ।

बारेकोट गाउँपालिका नजिकै टिपर दुर्घटना

बारेकोट गाउँपालिकाको कृषि कार्यालय नजिक सडकबाट करिब २/३ सय मिटर तल खसेर भे क ९७६ नम्बरको टिपर दुर्घटना भएको हो ।दुर्घटनामा बाँके नेपालगन्जका चालक ३० वर्षीय सर्जु चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने कामको साइड हेर्ने अर्का एक जना वसन्त शाह घाइते भएका छन् । शाह सल्यानका हुन् । घाइतेलाई उपचारको लागि आधारभूत अस्पताल लिम्सा पठाइएको रामीडाँडा प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन १, २०८० ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?