६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

खत्याड आगलागीपीडित परिवारलाई राहत वितरण 

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिका–२ गाडेखोला बस्तीका आगलागीपीडित परिवारलाई प्रारम्भिक राहत समाग्री उपलब्ध गराइएको छ । 

खत्याड आगलागीपीडित परिवारलाई राहत वितरण 

गत माघ २१ गते राति भएको आगलागीमा घरसहित धनसम्पति पूर्ण रुपमा ध्वस्त भइ दुई जना बालबालिका समेत गुमाएका लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालका परिवारलाई विभिन्न संघ संस्था, रेडक्रस, व्यक्ति र वडा कार्यालयबाट प्रारम्भिक राहत उपलब्ध गराइएको खत्याड गाउँपालिका–२ का वडाअध्यक्ष हेमराज मल्लले बताए ।

आगलागीपीडित परिवारलाई मानव अधिकार तथा वातावरण विकास केन्द्रले १ लाख मूल्य बराबरको भाँडाकुँडा, लुगा र ओढनेओछ्याउने समान हस्तान्तरण गरेको छ ।

पीडित परिवारलाई छायाँ नेपाल संस्थाले ७५ हजार मूल्य बराबरको खाद्यन्न, कपडा, त्रिपाल, दिएको छ भने सोही वडा निवासी लक्ष्मण दाहालले ५० हजार मूल्य बराबरको खाद्यन्न दिएका छन ।

बाल अनाथ आश्रमका सञ्चालक अमराज बानियाँले ७५ हजार मूल्य बराबरको खाद्य र कपडा सामग्री तथा परिर्वतन कृषि सहकारी संस्थाले १० हजार नेपाल रेडक्रस, खत्याड गाउँपालिका–२ वडा कार्यालय र पालिकाबाट खाद्यन्न भाडाकुडा र कपाडा राहत उपलब्ध गराइएको वडाअध्यक्ष मल्लले जानकारी गराए ।

आगलागीपीडित तीन परिवार अहिले आफन्तको घर शरण लिएर बसेका छन् । पुनर्वासको व्यवस्था गरीदिन पीडित परिवारले पालिका र प्रशासन निकाय समक्ष आग्रह गरेका छन् ।

प्रकाशित : माघ २९, २०८० १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?