११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

रेडक्रसद्वारा दार्माका ४३८ भूकम्पपीडितलाई ६५ लाख सहयोग 

विप्लव महर्जन

सल्यान — सल्यानको दार्मा गाउँपालिकाका ४ सय ३८ भूकम्पपीडितलाई नेपाल रेडक्रस सोसाइटी सल्यानले १५ हजारका दरले ६५ लाख ७० हजार नगद सहयोग गरेको छ । 

रेडक्रसद्वारा दार्माका ४३८ भूकम्पपीडितलाई ६५ लाख सहयोग 

आर्थिक अवस्था नाजुक भएका, विपन्न, अपाङ्ग, एकल महिला, दिर्घरोगी, गर्भवती, सुत्केरी, बृद्धबृद्धा अभिभावकविहीन, दलित पहिचान गरेर अस्थायी टहरा निर्माण लगायत अन्य कामकाजमा सहयोग पुगोस भनेर रेडक्रसले भूकम्पपीडितलाई नगद सहयोग नेपाल रेडक्रस सोसाइटी सल्यानका मन्त्री ईन्द्रकुमार शर्माले बताए । दार्माका वडा नं १ मा ५५, २ मा ९०, ३ मा ३६, ४ मा ५८, ५ मा १ सय १९, ६ मा ८० जनालाई सहयोग गरिएको उनले जानकारी गराए ।

थप सय जनालाई पुन १५ हजारका दरले नगद सहयोग गर्ने र बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पनि भइरहेको उनले जनाकारी दिए ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट सल्यानको दार्मामा १ हजार १ सय ७९ घर बस्नै नमिल्ने गरी क्षति भएको थियो । जसका कारण एक हजार बढी परिवार विस्थापित भएका थिए । लाभग्राही बढ्दै जाँदा अहिले २ हजार ३ पुगेका छन् । सरकारले भूकम्प प्रभावितलाई अस्थायी टहरा निर्माण गर्न दुई किस्तामा ५० हजार दिने भनेपनि अहिलेसम्म सबैले पाउन सकेका छैनन् । भूकम्पबाट प्रभावित भएका अहिले अस्थायी टहरा र चर्किएको घर मर्मत गरेर बस्दै आएका छन् ।

प्रकाशित : माघ २८, २०८० १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?