१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

खत्याडका ४ सय परिवारलाई नि:शुल्क सोलार

राजबहादुर शाही

मुगु — जिल्लाको खत्याड गाउँपालिकामा आइतबार ४ सय २३ परिवारलाई नि:शुल्क सौर्य उर्जा (सोलार पाता) वितरण गरिएको छ । 

खत्याडका ४ सय परिवारलाई नि:शुल्क सोलार

मानव अधिकार तथा वातावरण विकास केन्द्र नामक संस्थाले गाउँपालिकभरिका ७० जना एकल महिला र ३ सय ५३ जना दलित परिवारलाई २५ हजार मूल्य बराबरको ५० वाटको सोलार पाता वितरण गरेको हो । दियालोको भरमा रहेका दलित र एकल महिलाले नि:शुल्क सोलार पाता पाउँदा हर्षित भएका छन् ।

संस्थाले हाम्रो दुःख बुझेर नि:शुल्क सोलार उपलब्ध गराउँदा सारै खुसी लागेको खत्याड गाउँपालिका–९ का जयधर्म लावडले बताए । 'हामी गरिबले पैसा हालेर सोलार किन्ने क्षमता थिएन,' उनले भने, 'अब घरमा उज्यालो गर्न पाइने भयो ।'

पालिकाभरिका एकल महिला र दलितको पीडा देखेर नि:शुल्क सोलार दिएको संस्थाका कार्यक्रम प्रवर्धक नवराज रावतले कान्तिपुरलाई जानकारी दिए । सोलारबाट ५ वटा बत्ती बल्ने मोबाइल चार्ज गर्न सकिने उनले बताए ।

प्रकाशित : मंसिर २४, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?