९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

वीरेन्द्रनगरस्थित काठ मिलमा आगलागी 

तृप्ति शाही

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलास्थित शिवसुन्दर आरा मिलमा आगलागी भएको छ । बिहीबार बिहान ६ बजेतिर बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरस्थित काठ मिलमा आगलागी 

देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामग्री बनाउने करोडौँका मेसिनहरू थिए । उक्त मेसिनहरू जलेर ध्वस्त भएका छन् । अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा ल्याइएको हो ।

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०८० ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?