११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मुगु घटनाको अनुसन्धानमा खटिएका प्रहरीहरु पुरस्कृत

तृप्ति शाही

वीरेन्द्रनगर — मुगु घटनाको अनुसन्धानमा खटिएका प्रहरीहरु परस्कृत भएका छन् । मुगुमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा अनुसन्धान गर्ने १३ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मुगु घटनाको अनुसन्धानमा खटिएका प्रहरीहरु पुरस्कृत

प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मासहित १३ जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका हुन् । उनीहरुलाई एक कार्यक्रमका बीच कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भिमप्रसाद ढकालले प्रशंसापत्रसहित पुरस्कृत गरेका हुन् ।

गत कात्तिक १० गते मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीया छोरी अप्सराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । उनीहरुको सामूहिक हत्या गर्ने प्रतिवादी गोर्खबहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित पक्राउ गरिएको थियो ।


प्रकाशित : मंसिर १४, २०८० १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?