कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

रुकुम पश्चिम जिप दुर्घटना : घाइते ७ जनालाई नेपालगन्ज लगियो

महेश केसी

रुकुम पश्चिम — सोमबार बिहान रुकुम पश्चिममा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका सात जनालाई थप उपचारको लागि जिल्लाबाहिर रेफर गरिएको छ ।

रुकुम पश्चिम जिप दुर्घटना : घाइते ७ जनालाई नेपालगन्ज लगियो

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा घाइते चौरजहारी नगरपालिका वडा नम्बर-१४ की ४ वर्षीया डिला विष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर-२ निवासी सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढालाई थप उपचारको लागि एम्बुलेन्समार्फत नेपालगञ्जतर्फ लगिएको छ ।

अन्य गम्भीर अवस्थामा रहेका पाँच जना घाइतेलाई थप उपचारका लागि हेकिप्टरमार्फत सुर्खेत लिने तयारी भइरहेको छ । चौरजहारी नगरपालिका-१३ का मस्तबहादुर ओली, वडा नम्बर-११ का रणबहादुर ओली, वडा नम्बर-१४ का प्रेम परियार, कविता परियार र वडा नम्बर-१० का प्रविर पुनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान चौरजहारी नगरपालिका-८ को गोइरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । दुर्घटना हुँदा जिपमा सवार २१ जना नै घाइते भएको प्रहरीको भनाइ छ ।

अन्य घाइते सबैको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित हुँदा करिब तीन सय मिटर तल खसेको बताइएको छ । चौरजहारीबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।

प्रकाशित : मंसिर ४, २०८० १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?