कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

रूकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते

महेश केसी

रूकुम पश्चिम — मध्यपहाडी लोकमार्गअन्तर्गत रूकुम खण्डको गोइरीज्युलामा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका-१०, खोलागाउँबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी-८ मा दुर्घटनामा परेको प्रहरीले बताएको छ।

रूकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार घाइते २२ मध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको भट्टराईले बताए।

साथै सोमबार बिहान मध्यपहाडी राजमार्गअन्तर्गत रूकुम खण्डको सुलिहालेमा विपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा एक जना महिला घाइते भएकी छिन् । लु ४६ प ५२३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सानीभेरी-२ पुर्तिमबाँडाकी ७० वर्षीया मोती पुन घाइते भएकी हुन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारका लागि अस्पतालतर्फ पठाएको छ ।

प्रकाशित : मंसिर ४, २०८० १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?