सल्यानमा सडेगलेको अवस्थामा महिलाको शव भेटियो

सल्यान — सल्यानमा सडेगलेको अवस्थामा एक महिला शव भेटिएको छ । जिल्लाको शारदा नगरपालिका–१, भुवनेश्वरी सामुदायीक वनमा छत्रेश्वरी गाउँपालिका–७ सांगकोट घर भएकी ५७ वर्षीया हरि खड्काको शव सोमबार बेलुकी सडेगलेको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार दसैं सकेर तिहार मनाउन माइतीबाट घर फर्कने क्रममा उनी सिद्धकुमाख गाउँपालिकाको पटारेबाट कात्तिक २७ गते गाई तिहारको दिनमा हराएकी थिइन् ।
मृत अवस्थामा भेटिएकी महिलाको शव सडेगलेर चिन्न नसकिने अवस्थामा रहेको र लगाएको कपडाको आधारमा आफन्तले पहिचान गरेको प्रनाउ कार्कीले जानकारी गराए । महिलाको शव पोस्टमार्टमका जिल्ला अस्पताल सल्यान ल्याइएको छ । घटनाको थप अनुसन्धान समेत भैरहेको उनले बताए ।