कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर कुमाख गाउँपालिका–५, कालागाउँका २६ वषीय रुपक शाहको मृत्यु भएको हो ।

तिहारको अघिल्नो दिन घरबाट निस्केका उनी घरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको गोरेटो सडकको भिरबाट लडेका जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीले बताए ।

भिरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी गराएको प्रहरीको भनाइ छ । शाहको पोस्टमार्टमपछि दाहसंस्कार भइसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।


प्रकाशित : कार्तिक ३०, २०८० १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?