कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

एमाले कर्णाली अध्यक्षमा गुलावजंग शाह विजयी

तृप्ति शाही

वीरेन्द्रनगर — एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन् । सल्यानका शाहले प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२  मतले हराए ।

एमाले कर्णाली अध्यक्षमा गुलावजंग शाह विजयी

शाहले ३ सय ६९ मत ल्याए भने शाहीले २ सय ७ मत ल्याए । शाह नेकपा एमालेका पोटिलब्युरो सदस्यसमेत हुन् । उनी पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य पनि भएका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत पाएका छन् ।

शाह यामलाल कँडेल समूह र शाही गोरख बोगटी समूहबाट चुनावी प्रतिस्पर्धामा थिए । उपाध्यक्षमा गुलाबजंग प्यानलका टेकराज पछाई ३४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार दानसिंह परिवारले ५९ मत र लालबहादुर महताराले १७६ मत ल्याएका छन् ।

सचिवका उम्मेदवार शाह प्यानलका ध्रुवबहादुर शाहीले ४०६ मत ल्याएर विजय भए । उनका प्रतिस्पर्धी शाही प्यानलका रूद्रबहादुर शाहीले १६९ मत ल्याएका छन् ।

उपसचिवमा रवीन्द्रराज शर्मा र रमेश कुमार शाही विजय भएका छन् । शर्माले २९९ मत र शाहीले २६६ मत पाएका छन् ।

यसैगरी, उपसचिव पदमा पद्मा खड्काले १५२, मेनका पछाईले ९६, तेज कुमार विकले ७७, वीरेन्द्रराज गिरीले ५२, नारायणकुमार शाहले ३५ र बखत बहादुर भण्डारीले ३३ मत ल्याएका छन् । मतदानमा ६ सय ९ मत खसेको थियो । अब केही बेरमा सदस्य पदको मतगणना हुनेछ।

प्रकाशित : आश्विन १५, २०८० २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?