कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बालकलाई ठक्कर दिने मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा

तृप्ति शाही

वीरेन्द्रनगर — वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले ३१ वर्षका मोटरसाईकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको छ । गुर्भाकोट नगरपालिका-१४ का उनले प्रदेश ३ -००२ प ९२०२ नम्बरको मोटरसाईकल चलाएका थिए ।

मोटरसाईकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका - ६ खिड्कीज्यूला घर भएका ६ वर्षका बालक टेकदर्शन गिरीको मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन १४, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?