दैलेखमा चट्याङ लागेर एक सातामा दुईको मृत्यु,२८ घाइते


काठमाडौँ — दैलेखको महाबु गाउँपालिकामा चट्याङका लागेर एक सातामा दुई जनाको मृत्यु भएको छ। गत बिहीबार महाबु-१ खरीगैराका ४२ वर्षिया भूमिसरा खत्री र सोमबार ३ बाँसीका १६ वर्षिया किशोर दाहालको मृत्यु भएको हो ।


गत बिहीबार यता जिल्लाका चार स्थानमा चट्याङ पर्दा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । घाईतेहरुको उपचार कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ ।