कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले राप्ती लोकमार्ग अवरूद्ध

महेश केसी

रूकुम पश्चिम — सल्यान-रूकुम खण्डअन्तर्गत मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा बाढी आउँदा राप्ती लोकमार्गमा आइतबार दिउँसोदेखि सवारी साधान आवागमन बन्द भएको छ । 

बाढीले राप्ती लोकमार्ग अवरूद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धमेन्द्र खड्काका अनुसार आज दिनभरि परेको वर्षाले बाढी आएपछि यातायात अवरुद्ध भएको हो । यातायात अवरूद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको भन्दै खड्काले समस्या समाधानका लागि प्रयास भइरहेको बताए ।

पितिबाङ पुलको निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवाले २०७६ सालमा लिए पनि अहिलेसम्म पुल बनेको छैन । जसकारण यस खण्डमा बर्सेनि समस्या दोहोरिने गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०८० २१:०२
प्रतिक्रिया
पठाउनुहोस्