कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

तुलाराम पाण्डे

कालीकोट — कालीकोटको रास्कोट नगरपालिका–२ सेराचौरमा बिहीबार बिहान ७ बजे एक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।

रास्कोटबाट सदरमुकाम मान्म जाने क्रममा ग ३ च ४६१० जिप दुर्घटना हुँदा रास्कोट १ सिप्खानाका ४३ वर्षीय मनबहादुर शाही र उनकी पत्नी ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको हो । दुर्घटनामा सोही वडाकी ३० वर्षीया रिता शाही सिंह सक्त घाइते छन् ।

घाइतेलाई थप उपचारको लागि हेलिकप्टररमा सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमाले बताए । उनका अनुसार चालक सुर्खेत घर भएका २१ वर्षीय विनोद दर्लामीले गाडी र्स्टाट गरेर बाहिर झरेर जुत्ताको तुना बाँध्न लाग्दा गाडी पछाडी गुडेर दुर्घटना भएको हो ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित : जेष्ठ २५, २०८० १२:०७
प्रतिक्रिया
पठाउनुहोस्