कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानको कपुरकोटमा आगलागीले घरगोठ जलेर नष्ट

विप्लव महर्जन

सल्यान — बिजुलीको तार सट हुँदा सल्यानको कपुरकोट गाउँपालिका ३ फलाटेमा एउटा घर र गोठ जलेर नष्ट भएका छन् । स्थानीय ५५ वर्षीय सेते डाँगीको घर र ३५ वर्षीय कृष्ण खत्रीको गोठ जलेर नष्ट भएका हुन् ।

सल्यानको कपुरकोटमा आगलागीले घरगोठ जलेर नष्ट

बिजुलीको तार सट भएर घरमा भएको आगलागीबाट लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताएका छन् ।

घरगोठ जलेर नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । उनका अनुसार प्रहरी र स्थानीयको सहयोगमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

बिजुलीको तार सट भएर यसअघि पनि कपुरकोटमा एक घर जलेर नष्ट भएको थियो । घरगोठ जलेर नष्ट भएका परिवार अहिले आफन्तको शरणमा रहेका छन् ।

प्रकाशित : जेष्ठ २०, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?