१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सल्यानकी सुनितालाई थप उपचारका लागि काठमाडौं पठाइयो

विप्लव महर्जन

सल्यान — उपचारमा सबै सम्पत्ति सकिएपछि अर्धचेत अवस्थामा जिल्ला प्रशासन कार्यालयमा पुर्‍याइएकी कुमाख गाउँपालिका-७ जिमालीकी सुनिता बोहरालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सल्यानकी सुनितालाई थप उपचारका लागि काठमाडौं पठाइयो

सुनिताका श्रीमान राजेश पुनले उनलाई बोकेर केही सातादेखि नै थप उपचारका लागि प्रशासन कार्यालयमा याचना गरिरहेका थिए । यसबारे शनिबार इकान्तिपुरमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय लगायतका निकायको पहलमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

गत वर्ष असोजमा सल्यनको जिप दुर्घटनामा घाइते भएकी कमलाको उपचारका लागि यातायात समिति र जिप मालिक कसैले पनि सहायता नगरेपछि उनका श्रीमान राजेशले उनलाई नेपालगन्ज र भारतको लखनउसम्म पुर्‍याएका थिए ।

त्यस क्रममा सम्पत्तिसहित ऋण लिएको २१ लाखभन्दा धेरै रकम खर्च भएपछि राजेश जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । चिकित्सकले भने दुर्घटनाबाट कमलाको मस्तिष्कमा समस्या भएको भन्दै उनलाई थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिएका थिए ।

गत असोज १५ गते कुमाख गाउँपालिकाको जिमालीदेखि खैराबाङ जाँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । १७ घाइतेमध्ये कमला एक हुन् । उनको टाउकोमा गहिरो चोट लागेको छ ।

पछिल्लो समय कमलालाई अस्पतालबाट गाउँमा लगेर राखिए पनि दुखाइ बढेपछि राजेशले फेरि जिल्ला अस्पताल पुर्‍याएका थिए । जहाँ उनको थप उपचार नहुने र यसका लागि बढी खर्च आवश्यक हुने भनिएपछि राजेश अर्धचेत अवस्थामा बिरामीलाई बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले सबैको सहयोगमा सुनितालाई थप उपचारका लागि काठमाडौं पठाएको बताए ।

प्रकाशित : जेष्ठ १४, २०८० १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?