कक्षामा भलबाढी पसेपछि खुला चौरमा विद्यार्थी

जनकबहादुर शाही

हुम्ला — तीन दिनसम्म लगातार भएको वर्षाले कक्षा कोठामा भलबाढी पसेपछि जनप्रकाश माध्यमिक विद्यालय काँडागाउँका विद्यार्थीहरू खुला चौरमा बसेर पढ्न बाध्य छन् ।


जिल्लामा बुधबारदेखि परेको अविरल वर्षाको कारण विद्यालयको कक्षा कोठामा भल पसेर हिलाम्मे हुँदा ताँजाकोट गाउँपालिका–१ को जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका हुन् ।

गत वर्ष असोजमा परेको वर्षाले विद्यालयको पछाडिको भागमा पहिरोे गएका कारण पानी पर्ने बित्तिकै सबै कक्षा कोठामा भल छिर्ने भएकाले पहिरो नियन्त्रण नभएसम्म यो समस्या बारम्बार भोग्नुपर्ने अवस्था रहेको जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले बताए ।

विद्यालयमा भल पसेपछि ६ वटा कोठा हिलाम्मे भएका छन् । कक्षा ३, ६, ७, ८, ९ र १० कक्षा गरी ६ वटा कोठामा हिलाम्मे पानीको भल पसेपछि सबै विद्यार्थीलाई चौरमा राखेर पढाउन थालिएको हो ।

कक्षा कोठामा पानी भरिएर हिलाम्मे हुँदा कक्षामा भएका डेस्क बेन्च बाहिर निकालेर खुला चौरमै पठनपाठन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक खड्काले बताए ।

प्रकाशित : जेष्ठ १२, २०८० २०:५१
प्रतिक्रिया
पठाउनुहोस्

जनमत पार्टीले सांसद सिंह र मुर्मूलाई फिर्ता बोलाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने भएको छ । केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभामा सांसदको भूमिका प्रभावकारी रुपमा निर्वाह नगरेको भन्दै उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टी महासचिव चन्दन सिंहले ईकान्तिपुरलाई जानकारी दिए ।

'पार्टी बैठकले संघीय सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई कारबाही गर्ने निर्णय गरेको छ । यो निर्णयअनुसार उनीहरुलाई फिर्ता बोलाइन्छ,' उनले भनिन् । सिंह र मुर्मू समानुपातिकतर्फबाट सांसद छन् ।

बैठकले पार्टी विभिन्न समितिहरु विस्तार गर्ने निर्णय पनि गरेको छ । सरकारलाई दिएको समर्थन कायमै रहेको पनि उनले बताइन् ।

प्रकाशित : जेष्ठ १२, २०८० २०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×