हुम्लामा ढिस्कोले पुरिँदा १ जनाको मृत्यु 

जनकबहादुर शाही

हुम्ला — हुम्लाको ठेहेमा ढिस्कोले पुरिँदा १ जनाको मृत्यु भएको छ । माथिबाट आएको माटोको ढिस्कोले पुरिँदा सिमकोट-२ ठेहेका ४६ वर्षीय बखिल बोहोराको मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले बताए ।

घरको जग खन्ने क्रममा घर माथिबाट आएको माटोको ढिस्कोले पुरिएर बोहोराको मृत्यु भएको हो ।

ठेहेका स्थानीय दानबहादुर बोहोराको घर निर्माणको जिम्मा लिएका बखिलको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा तीन दिन विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने

कृष्ण थापा

नुवाकोट — नुवाकोटमा यस वर्षको गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

दिवसको अवसरमा सरकारी तथा निजी कार्यालय, घरघरमा दीपवली, साहित्यिक कार्यक्रम, रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरण, मठमन्दिरसहितका ऐतिहासिक स्थलमा सरसफाइ लगायतका कार्यक्रम गरिने छ ।

साथै सांस्कृति कार्यक्रम, झाँकी, स्थानीयतहका विद्यालयमा फरक क्षमता भएका विद्यार्थीलाई खेलकुद सामग्री वितरण गर्दै प्रभातफेरी गरिने भएको छ ।

यस्तै वन तथा जलाधार कार्यालयले पायक पर्ने स्थानमा वृक्षारोपण गर्ने पनि तालिका रहेको मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । हरेक वर्ष वैशाख १५ गते मनाइने गणतन्त्र दिवसमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×