हुम्लामा हवाई सेवा अवरुद्ध

जनकबहादुर शाही

हुम्ला — हिमाली जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । मंगलबार रातिदेखि मौसम खराब हुँदा हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान भर्न सकेको छैन । हुम्लालाई अन्तरजिल्ला जोड्ने एकमात्र माध्यम हवाई सेवा हो । 

बुधबारबाट जिल्लाको मौसममा फेरबदल भई पानी परेपछि सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट यात्रुसहित कार्गो सामान आउन सकेको छैन । हुम्लादेखि नेपालगन्ज र सुर्खेत जाने तथा नेपालगन्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।



प्रकाशित : जेष्ठ १०, २०८० १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा तीन घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । जसमध्ये दुईको अवस्था जटिल रहेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ लान्तीस्थित राप्ती राजमार्गमा दाङदेखि श्रीनगर आउँदै गरेको बा १६ च ६९४ नम्बरको स्कारपियो जिप र विपरीत दिशाबाट गइरहेको रा १ प ९९०९ नम्बरको मोटरसाइकल बुधबार दिउँसो ३ बजेतिर आपसमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालक शारदा नगरपालिका-१ श्रीनगरका वर्ष २६ का सुमन गिरी, वर्ष १९ की उमा विष्ट र जिप चालक दाङको बबई गाउँपालिका-४ बस्ने वर्ष ३४ का गजराज बलाम घाइते भएका प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार चालक गिरी र विष्टको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता गोपाल श्रेष्ठले बताए । घाइते सबैको परोपकार अस्पताल श्रीनगरमा उपचार भइरहेको उनले जनाए । उनका अनुसार जिपसँग ठोक्किँएको मोटरसाइकल सडकदेखि ५० मिटर तल खसेको थियो । मोटरसाइकल घटनास्थलमै रहेको र जिप नियन्त्रणमा लिएर ईप्रका शीतलपाटीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए

प्रकाशित : जेष्ठ १०, २०८० १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×