१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

तुलाराम पाण्डे

कालीकोट — कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बिदा गरिएको छ । कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताए ।

सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेका थिए । त्यसपछि विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले बताए । उनका अनुसार १० देखि १४ वर्ष उमेर समूहका बालबालिका बेहोस भएका हुन् । विद्यालयनजिकैको खोलामा पौडी खेलेर आएका विद्यार्थी कक्षाकोठामा पुगेपछि बेहोस भएको उनको भनाइ छ । पादमघाट महाबैको अत्याधिक गर्मी हुने ठाउँ हो ।

केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधाभूरत अस्तापल पठाइएको प्रधानाध्यापक शाहीले बताए । गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले बताए । ‘जटिल समस्या होइन,’ उनले भने, ‘सुख्खापना देखिन्छ, स्लाइन दिएपछि सबैलाई ठीक भएको छ ।’


प्रकाशित : जेष्ठ ९, २०८० १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?