कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णालीमा 'पैसा महोत्सव' हुँदै

तृप्ति शाही

काठमाडौँ — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली पैसा’ महोत्सव हुँदै छ । यही वैशाख २६ गते वीरेन्द्रनगरस्थित सुर्खेत मोडेल कलेजमा हुन लागेको महोत्सव कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनले आयोजना गरेको हो ।

कर्णालीमा 'पैसा महोत्सव' हुँदै

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र सुर्खेत मोडल कलेजको सहकार्यमा महोत्सव सञ्चालन हुने कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनका निर्देशक आशुतोष तिवारीले बताए ।

उनका अनुसार कर्णालीमा लगानी भित्र्याउने वातावरणको खोजी गर्ने उद्देश्यले एक दिवसीय महोत्सव हुने लागेको हो । महोत्सवमा कर्णालीको आर्थिक र मानवीय पुँजी विकासमा पैसा, वित्त, बैंकिङ, लगानी र बीमाको सकारात्मक भूमिकाका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग अन्तर्क्रिया गरिने भएको छ ।

प्रकाशित : वैशाख २३, २०८० ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?