कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु‚ ८ घाइते [अपडेट]

ज्योति कटुवाल

सुर्खेत — भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई जना श्रमिकको ज्यान गएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ  ।

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु‚ ८ घाइते [अपडेट]

नलगाढ नगरपालिका १२ मा पर्ने उक्त पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी छ । उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सख्त घाइते भएका ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईले बताए । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ ।

त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।

तस्बिर सौजन्य : प्रेम केसी

प्रकाशित : वैशाख ७, २०८० १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?