कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा विश्वासको मत मागेका छन् । संसद्‌मा विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले कर्णालीको समृद्धि र विकासका लागि काम गर्ने बताए । शर्माले दोस्रो पटक विश्वासका मत लिन लागेका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरी आवधिक योजना र पार्श्वचित्र अद्यावधिक गर्ने उनको भनाइ छ । 

मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला एमाले र राप्रपासहितको समर्थनमा २५ मत पाएका थिए ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारलाई अप्ठ्यारो पर्दा काँध थाप्ने बताए । कांग्रेस कर्णाली प्रदेश कार्यसम्पादन समिति बैठकमा प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने निर्णय भएको छ । एमालेले भने ठोस निर्णय गरेको छैन ।

प्रकाशित : चैत्र १७, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?